back
stc
prabhu insurance

मिस लिटिल नेवाः यस वर्ष आगामी कात्तिक ६ गते राजधानीमा हुने

काठमाडौं । नेवार समुदायका किशोरीहरुलाई आप्mनो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्येश्यले नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको मिस लिटिल नेवा ः यस वर्ष पनि हुने भएको छ ।

नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार कोरोना संक्रमणबाट हुने कोभिड १९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको मिस लिटिल नेवाः यस वर्ष आगामी कात्तिक ६ गते शनिवार राजधानीमा हुनेछ ।

१३औं संस्करणको यो प्रतियोतिमा भक्तपुर र काठमाडौंका विभिन्न २० स्कुलबाट २५ जना किशोरी अन्तिम स्पर्धामा उत्रँदैछन् ।

प्रतियोगितामा सहभागी किशोरीहरुलाई शुरुदेखि नै नेवारी कला, संस्कृति, धर्म र संस्कारबारे जानकारी दिन नेप्लीज फेसन होमले हालै पूजा–आजाका कार्यक्रम आयोजना गरेको छ । जसअनुसार गणेश चौथीका दिन प्रतियोगितामा सामेल किशोरीहरुलाई जनबहादलस्थित सेतो मछिन्द्रनाथ मन्दिरमा लगी पूजा–आजा गराइएको छ ।

त्यस अवसरमा प्रतियोगि नेवार किशोरीहरुले विश्व शान्ति तथा कोरोनाबाट छुककाराको कामना गर्दै पूजाआजा गरेका थिए। वडा नम्बर २५ का अध्यक्ष निलकाजी शाक्यको प्रमूख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभिन्न विज्ञहरुले सेतो मछिन्द्रनाथको महिमा र ऐतिहासिकतबारे सहभागीहरुलाई जानकारी गराएका थिए। प्रतियोगीहरुलाई लाख बत्ती बाल्न पनि सिकाइएको थियो ।

त्यसै गरी प्रतियोगी किशोरीहरुलाई आईतबार महांकाल मन्दिरमा समयबाजी डो बनाउन सिकाएर चढाउन लगाइएको छ । सो अवसरमा समयबाजी डोको महत्वबारे बुझाइएको थियो। समयबाजी डो विभिन्न १४ परिकारबाट तयार पारिएको थियो ।

लिटिल मिस नेवाः मिस नेवाः कि फस्ट रनर्सअप प्रियंका तण्डुकार, बेस्ट पर्सनालिटी पल्पसा श्रेष्ठ र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफीमा हुनेछ ।

त्यसै गरी मिस नेवाः सुनिता डंगोल र नीतु डंगोलले नेवारी भाषाको प्रशिक्षण दिनेछन् भने विभिन्न विधाका विज्ञहरुले अन्य विषयमा प्रशिक्षण दिनेछन् ।

हरेक वर्ष नेवार समुदायका युवतीहरुका बीच मिस नेवाः आयोजना गर्दै आएको नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवार समुदायका किशोरी र युवतीहरुको आत्मविश्वास र क्षमता बृद्धिका लागि यी प्रतियोगिता आयोजना गरिँदै आएको हो ।