पौष ९ गतेबाट चलचित्र ‘चुरिफुरी’ को रिलिज हुने

काठमाडौं । ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘चुरिफुरी’ पौष ९ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्र ऋषिराज आचार्यको निर्देशनमा बनेको छ । कोरोनाका कारण थिलोथिलो भएको चलचित्र क्षेत्रलाई अगाडि बढाउन सबै जना मिलेर अगाडि बढ्नुपर्ने उनले बताए ।
दाङमा आयोजना भएको कार्यक्रममा आचार्यले कोरोनाका कारण दिक्क भएका दर्शकलाई यो चलचित्रले फ्रेस बनाउने बताएका छन् । यस चलचित्रमा अभिषेक श्रेष्ठ, रविन्द्र झा, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्रचार्य लगायतको मुख्य भूमिका रहेको बताइएको छ ।
यो चलचित्रमा दिपक शर्माको संगीत तथा राहुले राइको छायांकन रहेको छ । चलचित्रलाई नविन निरौलाको सम्पादन गरेका छन्। निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेका छन् । यस्तै विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह–निर्माताको रुपमा छन् ।
वि.सं.२०७८ कात्तिक ३ १९:२६