एएनपी नेशनल अवार्डः२०२१ आयोजना हुने

काठमाडौं । विगत २४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न फलदायी तथा स्तरीय राष्ट्रिय कार्यक्रम आयोजना गरेर लोकप्रियता कमाउन सफल अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले चलचित्र, संगीत र फेसन क्षेत्रका स्रष्टा र सर्जकको सम्मानमा एएनपी नेशनल अवार्डः२०२१ आयोजना गर्ने भएको छ ।
स्रष्टा र सर्जकको सम्मानमा पहिलो पटक एएनपी नेशनल अवार्डः–२०२१ आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष लबबहादुर कार्र्कीले जानकारी गराएका छन् ।
कार्कीका अनुसार आगामी कात्तिक १५ गते राजधानीको बत्तीसपुतलीस्थित तीन तारे होटल इम्पेरियलमा आयोजना गरिने कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल स्रष्टा र सर्जकलाई सम्मान गरिनेछ भने चलचित्र, संगीत र फेसनको क्षेत्रमा विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ। यसका लागि निःशुल्क रुपमा आवेदन भर्न सकिने कार्कीले जानकारी गराए ।
कार्कीका अनुसार फेसन क्षेत्रअन्र्तगत मोडल र कोरियोग्राफरका अलावा इभेन्ट आयोजक तथा व्यबस्थापकहरुलाई समेत प्रोत्साहित गर्न ती विधामा समेत अवार्डको ब्यबस्था गरिएको छ। शम्भुप्रसाद रेग्मीको संयोजनमा हुने कार्यक्रममा विभिन्न मनोरञ्जक प्रस्तुति प्रस्तुत गरिने अध्यक्ष कार्कीले जानकारी गराए ।
वि.सं.२०७८ कात्तिक ३ १६:२५