निर्णय श्रेष्ठ NSK को कार्यक्रम”Bring da House Down with Nirnaya NSK” को २४ अौं वार्षिकोत्सव
काठमाडौं । ईमेज एफ.एम. ९७.९ मेगाहर्जमा निरन्तर्ताका साथ कार्यक्रम प्रसारणमा रहनु भएका ¥र्याप सम्राट निर्णय श्रेष्ठ NSK को कार्यक्रम “Bring da House Down with Nirnaya NSK” को २४ अौं वार्षिकोत्सव मध्यपुर ठिमी नगरपालिका भक्तपुरमा अवस्थित सिलौटो पार्टी भेन्यूको सभा हलमा कार्यक्रम भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सांसद ईन्दीरा राना मगरज्यूले कलात्मक पानसमा दीप प्रज्ज्वलन गरिकन बधाईं दिनुका साथै उहाँले आफू, आफ्नो परिवार निर्णय NSK को फ्यान भएको बताउनु भयो । उहाँले निर्णय NSK सँग विभिन्न समाजसेवामा हातेमालो गर्नुभएको स्मरण गर्दै धन्यवाद दिनुभयो ।

ईमेजका सिईओ डा. महेन्द्र विष्टबाट बधाईंका साथ निर्णय NSK को सामाजिक सेवा र गीतसंग २४ वर्षको सेवाको विशेष प्रशंसाहरू गर्नु भयो र उहाँको निरन्तरताको शुभकामना दिनुभयो ।
उक्त कार्यक्रममा वरिष्ठ पत्रकार हरि गोपाल प्रधानले दोसल्ला र फुलमाला पहिराई शुभकामना दिनुभयो । साथसाथै कार्यक्रममा उहाँले आफ्नो नयाँ गीत “चन्द्रसूर्य”को कप मायाको चिनो स्वरुप सम्पूर्ण अतिथिमहानुभावहरुलाई वितरण गर्नुभयो ।
कार्यक्रमका अर्को अतिथि सामाजिक अभियन्ता सुमन सायमीले निर्णय NSK को गीत सानै देखि सुनेको र उहाँको गीत तथा समाजसेवाको प्रशंसा गर्नुभयो र निरन्तरताको लागि शुभकामना दिनुभयो ।
विभिन्न ¥यापरले आफ्नो प्रस्तुती दिनुका साथ निर्णय NSK ले नयाँ पुस्तालाई ¥यापबाटो देखाउँदै मंच प्रदान गर्नुभएकोमा धन्यवाद दिनुका साथै अतिथिहरुले उहाँलाई चिनो स्वरुप उपहारहरु प्रदान गर्नुभयो ।
कार्यक्रममा गायिका विष्णु चेम्जोङ, जेनिशा महर्जन, B8,उडी बाबा, सिड वाग्ले, पाक्सो, भरत सामरी, प्रशान्त मिस्ट आदिले आफ्नो आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा आधुनिक ¥याप संगीतका साथ केक काटि नेवारी सगुन र भोज आयोजना गरिएको थियो ।
सो कार्यक्रमको इमेज च्यानल इमेल एफ एम ९७.९ तथा इमेज न्यूज एफ एम १०३.६ मा प्रस्तक्ष प्रसारण गरिएको थियो ।
वि.सं.२०७९ पुस २५ १९:३०




















