back
stc
prabhu insurance

स्पाइनी ब्याबलर फिल्म महोत्सव सम्पन्न

काठमाडौं । तेस्रो स्पाइनी ब्याबलर इन्टरनेसनल फिल्म महोत्सवमा अन्तर्राष्ट्रिय विधातर्फ ‘डुक बक्स इलिङटन’ (आयरल्यान्ड)ले उत्कृष्ट वृत्तचित्र अवार्ड ‘द रोड’ जितेको छ । भारतले भने उत्कृष्ट फिल्म अवार्ड जित्यो ।

फिडलस्ट्रिक (इजिप्ट)बाट एजिडिन एफडेल हेडीले उत्कृष्ट निर्देशक अवार्ड जिते भने फोर्स (इरान)ले उत्कृष्ट कथा, द लाइट बल्व (भेनेजुएला)ले उत्कृष्ट छायांकार अवार्ड जित्यो ।

महोत्सवमा नेपाल र विदेशका तीन दर्जन फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्रीलगायत स्वदेशी तथा विदेशी सिनेमा प्रदर्शन गरियो । जसमा स्वदेशी सिनेमाबाट राष्ट्रियतर्फ १४ विधामा अवार्ड प्रदान गरियो । विजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले अवार्ड प्रदान गरे ।

समारोहमा राष्ट्रियतर्फ ‘प्रकाश’ उत्कृष्ट भयो भने यही चलचित्रबाट दिनेश राउतले उत्कृष्ट निर्देशकको अवार्ड जिते । यही चलचित्रबाट प्रदीप खड्का उत्कृष्ट अभिनेता भए भने विकास सुवेदीले उत्कृष्ट लेखनको अवार्ड पाए ।

त्यस्तै, नम्रता सापकोटाले ‘डेसान’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन् । गौतम खड्काले भोजपुरी फिल्म ‘कलयुगकी पाञ्चाली’बाट सम्पादक अवार्ड, कमल एक्चै मगरले ‘डेसान’बाट नवनिर्देशकको अवार्ड पाए ।

यसैगरी, राहुल राईले ‘मिलन’बाट छायांकार अवार्ड, राजन खरेलले ‘खहरे पाँगु’ वृत्तचित्र छायांकार अवार्ड, ‘जुगलः अ सिम्बोल अफ अनवइरिङ’बाट लव प्याकुरेल उत्कृष्ट वृत्तचित्र निर्देशकको अवार्ड प्राप्त गरे ।

समारोहमा दर्शनवीर शाक्यले नेपाल भाषाको सर्ट फिल्म ‘इन्द्रायणी’बाट निर्देशक अवार्ड, ‘तीर्खा’बाट प्रशन्न मालीले उत्कृष्ट सर्ट फिल्म अवार्ड, ‘किड्न्याप’बाट ज्ञानेन्द्र कोइरालाले सर्टफिल्म निर्देशक अवार्ड जिते ।

त्यस्तै, ‘दुःखी बुहारी’बाट सिर्जना कार्कीले सर्ट फिल्म लेखक, ‘अहं प्रेम’बाट ज्ञानेन्द्र खतिवडाले सर्ट फिल्म छायाकार अवार्ड पाए ।

महोत्सवमा चलचित्र निर्देशक माधवराज खरेल निर्णायक प्रमुख थिए भने नाट्यकर्मी केदारनाथ पौडेल, निर्देशक जीवन थापा, अभिनेता प्रवण भुषाल, गायिका सुजाता केसी, लेखक तथा साहित्यकार भिष्मराज फुलारा, संगीत संयोजक राकेश सोनी, सञ्चारकर्मी चक्र कुँवर, मेकअप आर्टिस्ट विक्रम गौतम, अभिनेता तथा कोरियोग्राफर लिगेश भट्टराई निर्णायक थिए ।

कार्यक्रममा सञ्चारकर्मी बाबुराम सिग्देल, गायिका रोशनी रसाइली, इभेन्ट म्यानेजर सन्तोष सुवेदी, गायकह ओम सुनार र अमृत खाती, अभिनेत्री आशा भुषाल र उषा खनाल सम्मानित भए ।