back
stc
prabhu insurance

सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनश शेयर सुचिकृत

काठमाडौं ।  सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनश शेयर आज नेप्सेमा सुचिकृत भएको छ । कम्पनीको ७ प्रतिशत बोनश वापत ५ लाख ७६ हजार ३७८ दशमलव ५० कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

कम्पनीले गत वर्ष माघ २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनश शेयर सुचिकृत गराएको हो ।  यस कम्पनीको शेयर मंगलवारबाट लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।