back
stc
prabhu insurance

गोर्खाज फाइनान्सको २६ औं वार्षिक साधारण सभा आज बस्दै

काठमाडौं । गोर्खाज फाइनान्सको २६ औं वार्षिक साधारण सभा आज असोज १८ गते बस्दैछ । उक्त साधारण सभा होटल क्राउन इम्पेरियल, सोल्टीमोड काठमाडौंमा भिडियो कन्फरेन्स मार्फत बिहान ११ बजे सुरु हुनेछ ।

यसले यसपटक लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने भएको छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७६/०७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७५/०७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि हुनेछ । सभा प्रयोजनका लागि गोर्खाजले असोज १० गतेबाट १८ गतेसम्म बुक क्लोज गरेको छ ।

यसर्थ, असोज ९ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । यसअघि कम्पनीले वैशाख २१ गते र भदौ २४ गते बोलाएको सभा स्थगित भएको थियो ।