back
stc
prabhu insurance

गुडविल फाइनान्सको खुद नाफासँगै इपीएस पनि घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा गुडविल फाइनान्सको खुद नाफा घटेको छ । यसअवधिमा यसको खुद नाफा २६.१५ प्रतिशतले घटेर ११ करोड ८ लाख रुपैयाँमा झरेको छ ।

गत वर्ष यसैअवधिमा यसले १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ३३.५६प्रतिशत ले बढ्दा सञ्चालन नाफा भने २८.४९ प्रतिशत ले घटेको छ ।

यसको वितरणयोग्य नाफा २७.३३ प्रतिशत ले घटेर ५३ लाख ७० हजार रुपैयाँमा झरेको छ । चैत मसान्तसम्म आइपुग्दा गुडविलको निक्षेप संकलन ३।६४५ र कर्जा लगानी ११.४३प्रतिशत ले बढेको छ । यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४६ पैसाले घटेर १५ रुपैयाँ ६२ पैसा कायम भएको छ ।