back
stc
prabhu insurance

नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला

काठमाडौं । आज असार १७ गतेदेखि नेपाल फाइनान्सले १४ लाख ३९ हजार ४१२.७५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ ।

जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असार २४ गतेसम्म रहेको छ ।

कम्पनीले यसअघि जेठ ६ गतेदेखि २६ गतेसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

सो समयमा बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।