नेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम अवसर
काठमाडौं । आज असार २४ गते शुक्रबार नेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन हो । यस कम्पनीले असार असार १७ गतेदेखि १४ लाख ३९ हजार ४१२।७५ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो।
यसमा संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७ कित्ता रहेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस कम्पनीले यसअघि जेठ ६ गतेदेखि २६ गतेसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
सो समयमा बिक्री नभएको बाँकी सेयर अहिले लिलामीमा ल्याइएको हो । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।
वि.सं.२०७९ असार २४ ०८:४३



















