नेसनल माइक्रोफाइनान्सको ६२ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६२ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज असोज २७ गते अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म मात्र यसमा आवेदा दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ ।
तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले संस्थाको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।
वि.सं.२०७९ असोज २७ ०८:३२


















