back
stc
prabhu insurance
nabil

फरवार्ड माइक्रोफाइनान्सको नाफा ६३.८० प्रतिशतले घटे

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्सको नाफा ६३.८० प्रतिशतले घटेर ३ करोड ३ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८ करोड ३९ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो ।

खुद ब्याज आम्दानी २४.२० प्रतिशतले घटेर २० करोड ६६ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । यता, गत वर्ष १३ करोड १८ लाख ८० हजार रुपैयाँ आर्जन गरेको सञ्चालन नाफा यो वर्ष ४ करोड ८५ लाख ६० हजार रुपैयाँ नोक्सानमा छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ ३२४ रुपैयाँ ०७ पैसा छ ।