back
stc
prabhu insurance
nabil

सिएफसि फाइनान्सले  १९ औं वार्षिक साधारण सभा पुस २९ गते 

काठमाडौं । आईसिएफसि फाइनान्सको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं वार्षिक साधारण सभा पुस २९ गते बिहान १० बजे बोलाएको छ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षको २०७९ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेछ ।

कम्पनीको सभाले गत आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

फाइनान्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यसैले पुस १८ गतेसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभा र लाभांश प्राप्त गर्नसक्नेछन् ।