back
prabhu insurance
himalayanlife

मल्टीपर्पस फाइनान्सको २६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक समूहको २६ हजार ५४९ कित्ता शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ।

जसमध्ये १८ हजार कित्ता शेयर संस्थापक शेयरधनी दिलिप श्रीवास्तव र ८ हजार ५४९ कित्ता शेयर अर्का संस्थापक शेयरधनी वासना केसीको नाममा रहेको छ।

यसअघि उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको थियो।

तर तोकिएको अवधिसम्म कुनै पनि संस्थापकबाट आवेदन प्राप्त नभएपछि अब भने संस्थापक सहित सर्वसाधारणले समेत किन्न पाउने गरी पुनः बिक्रीमा राखिएको हो।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित मिति (माघ १६ गते) ले १५ दिनभित्र आफूल किन्न चाहेको शेयर विवरण खुलाई कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।