चिकित्सा शिक्षा आयोगले भोलिबाट स्नातक तहको म्याचिङ प्रक्रिया

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको म्याचिङ प्रक्रिया आइतबारदेखि गर्ने भएको छ । आयोगले स्नातक तहको एमबीबीएस, बीडीएस लगायतका चिकित्सा शिक्षामा भर्ना प्रक्रियाका लागि आइतबार प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ ।
आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले स्नातक तहका सबै विषयको एकै पटक म्याचिङ प्रक्रिया सुरु हुने बताउनुभयो ।
कोरोना सङ्क्रमणका कारण हालसम्म चिकित्सा शिक्षातर्फको स्नातक तहको अध्ययन अझै हुन सकेको छैन । आयोगले साउन ९ देखि १३ गतेसम्म एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।
वि.सं.२०७८ भदौ १२ ०८:११