back
stc
prabhu insurance

केयूकेएलमा २१ गतेबाट आन्दोलन

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा कर्मचारी यूनियनहरुले आफ्ना पहिलो चरणको आन्दोलनको कार्यक्रम भदौं २१ गतेबाट सुरु गर्ने भएका छन ।

यसरी शुरु गरिने आन्दोलनबारेको पहिलो बैठकमा कर्मचारी युनियनहरुका नेताहरु नै विभाजित भएका छन । नवलसिंह साउदले नेतृत्व गरेको यूनियनबाट महासचिव कर्णबहादुर घनामगर, उपाध्यक्ष पुष्प भण्डारी, उपाध्यक्ष नन्दु तण्डुकार र महिला उपाध्यक्ष कमला कठियत लगायत दर्जनौ नेताहरुले बहिस्कार गरेका छन्।

त्यसैगरि दक्ष पोख्रेलले नेतृत्व गरेको युनियनबाट स्वयम अध्यक्ष दक्ष पोख्रेल, राजेन्द्र कुमार बम लगायतका नेताहरु उपस्थित भएनन।

केयूकेएल व्यवस्थापन र कर्मचारी युनियनहरुवीच भएको सहमति कार्यान्वयन नभएको भन्दै केयुकेएलका पाँचबटा यूनियनहरुले संयुक्तरुपमा आन्दोलन गर्ने घोषणा गरेका छन ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारका समयमा नियुक्ती पाएका केयूकेएलका सिइओ मिलनकुमार शाक्य विरुद्ध प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्ति हुना साथ आन्दोलनको घोषणा हुनु संयोग कि पूर्व तयारी छुट्याउन मुस्किल परेको कर्मचारी बीच चर्चा छ ।

कर्मचारीहरुले निक्कै आक्रमक ढंगले आन्दोलन गर्ने घोषणा गरेर व्यवस्थापनलाई ज्ञापन पत्र बुझाएपनि आन्दोलनको पूर्व कार्यक्रमको स्वरुप भने परिवर्तन भएको छ ।

पहिलो एक हप्ता केन्द्रिय कार्यालय र शाखाहरुमा आफ्ना माग सहितको व्यानर बनाएर राख्ने र एक हप्तामा नै शाखाहरुमा कर्मचारीहरुलाई आन्दोलनबारे पुष्टि गरिने भएको छ ।
त्यसपछि व्यवस्थापनले कर्मचारी यूनियनहरुका मागबारे सम्बोधनको पहल नगरेमा दोस्रो चरणको कार्यक्रम तय गरिने कर्मचारी युनियनका एक नेताले बताएका छन ।

निहित स्वार्थले अभिप्रेरित भएका केयूकेएलका कर्मचारीका नेताहरुले आन्दोलन भन्दा पहिले आफु केन्द्रीय कार्यालय र शाखा कार्यालयमा सरूवा हुने र थमौती हुने निहित स्वार्थ रहेको छ। युनियनका नेताहरूले निहित स्वार्थ र अरुप्रतिको कुण्ठालाई त्याग्दै सम्पूर्ण कर्मचारीहरुको हित र संस्था सुधारमा लाग्नु पर्ने देखिन्छ।

लुटि ल्याउने र मोजमस्ती गर्नका लागि नेताहरु हुने प्रवृत्ति अन्त गर्दै युनियनका अध्यक्ष र महासचिव केन्द्रिय कार्यालयमा काज बस्ने निर्णय पहिलो गरेर आन्दोलन गर्ने हो भने आन्दोलनले सफलता नपाउने निश्चित छ ।

नेता हुने र कमाउने शाखामा बस्ने, आफ्ना मान्छे र आफ्नो गुटलाई मलजल गर्ने नेताबाट आन्दोलन उठ्न सक्ने परिकल्पना समेत गर्न सकिदैन भन्ने कर्मचारीको भनाइ रहदै आएको छ।

आन्दोलनकारी नेताहरुले केयूकेएल सुन्दरीजल टिट्मेन्ट प्लान्टका कर्मचारीहरुको रोदन र दुःखलाई के संम्बोधन गरे त रु मेलम्चीको पानी पोखरीमा छैन रु दिन रात सुख्खा पोखरी कुरेर दैनिक हिलो र धुलो बाटोमा सार्वजनिक सवारी साधनमा आउँजाउ गर्ने कर्मचारीहरुको दुःख यो आन्दोलनले पुरा गर्ला ? खै !