प्रेसलाई नियन्त्रण गर्ने गण्डकी प्रदेश सरकारको कदम प्रति पत्रकार महासंघ र प्रेस काउन्सिलको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले गण्डकी प्रदेश सरकारले हालै संसदमा दर्ता गरेको सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका कतिपय प्रावधान प्रेस स्वतन्त्रता मैत्री नभएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं स्वतन्त्र पत्रकारिताको मान्यता विपरीत रहेकाले उक्त विधेयकप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानप्रति गम्भीर असहमति राख्दा राख्दै पनि प्रदेश सरकारले बेवास्ता गर्दै विधेयकलाई संसदमा दर्ता गरिनु अत्यन्त दुःखद् पक्ष भएको जनाएको छ ।
प्रदेश सरकारको कदमले प्रदेश सरकार प्रेसप्रति उदार नभई प्रेसलाई नियन्त्रण र अंकुश लगाउन उद्धत रहेको स्पष्ट भएको जनाएको छ।
त्यस्तै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको मर्म र भावना विरुद्ध रहेको यो विधेयक संसबाट तत्काल फिर्ता गरी महासंघ सहित सरोकारवालको सहभागितामा व्यावसायिक पत्रकारिता र प्रेस स्वतन्त्रता मैत्री हुनेगरी पुनर्लेखन गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघले पनि एक विज्ञाप्ती प्रकाशित गरि गण्डकी प्रदेशले स्वतन्त्र प्रेस माथि नियन्त्रण गर्न खोजेकोमा आपत्ति जनाएको छ ।
वि.सं.२०७८ भदौ ३१ १९:३९