back
prabhu insurance
himalayanlife

बैंकहरूले पनि घुस खुवाउनु पर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकमा छिटो काम लिन घुस खुवाउनु पर्ने ट्रान्सपरेन्सी नेपालको प्रतिवेदनमा उल्लेख छ।

यसै गरि नेपाल विद्युत प्राधिकरण, मालपोत कार्यालय, कम्पनी रजिष्टार कार्यालय र यातायात व्यवस्था कार्यालयमा घुस नदिई कुनै काम नहुँने गरेको एक अध्ययनबाट खुलेको छ ।

बैंकले नयाँ शाखा खोल्न अलग्गै थ्री फेजको लाइन चाहिने हुनाले त्यो लाइन पाउन कै लागि प्रति शाखा कम्तिमा २ लाख घुस नदिई प्राधिकरणका कर्मचारीले थ्रि फेजको लाइन जडान नहुँने गरेको ट्रान्परेन्सी नेपालले जनाएको छ ।

यसै गरि कर्जा लिदा धितो राखिने जग्गाको मोठ हेर्दा र रोक्का राख्दा १० हजारदेखि एक लाखसम्म घुस नखुवाइ मालपोत कार्यालयबाट काम नहुँने गरेको प्रतिवेदन रहेको छ ।

नापी र मालपोतमा जग्गाको यकीन गर्दा बैंकहरूले घुस खुवाउनै पर्छ। समयमै सहजै यो काम गर्न पनि घुस नै दिनुपर्छ, कम्पनी रजिष्टारको कार्यालयमा कम्पनीको स्वामित्व,सञ्चालक आदि बुझ्दा,डकुमेन्ट लिदा घुस नखुवाई काम नहुँने बताइएको छ।