back
stc
prabhu insurance

बुद्ध एयरको जहाज सुरक्षित अवतरण

काठमाडौं । बुद्ध एयरको जहाज आज काठमाडौंबाट विराटनगर गएकोमा ल्यान्डिङ गियर नखुल्दा विराटनगरमा अवतरण नभएको र काठमाडौं फर्काइ काठमाडौंको आकासमा केहीबेर उडाएर इन्धन घटाइ पुनस् नर्मल अवस्थामै त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। ७३ यात्रु सुरक्षित रहेका छन ।

जहाजमा खराबी देखिएको भएपनि अन्तिममा ल्यान्डिङ गियर खुलेकाले ठुलो दुर्घटनामा हुन पाएन,सुरक्षित अवतरण भयो।
यश सम्बन्धमा बुद्ध एयरले एक विज्ञाप्ती जारी गर्दै भनेको छ–हाम्रो आज २७ सेप्टेम्बर काठमाडौंबाट विराटनगर उडेको जहाज कल साइन 9N-ANI, उडान संख्या U4 701, मा व्यस्क ६८, बच्चा २, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको थियो ।

जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरे । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको छ ।

जहाजमा ल्याण्डिङ गेयरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो ।
‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्‍यो ।

काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुध्द एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो ।

यस क्रममा यात्रुहरुमा पर्न गएको असुविधाप्रति हामी क्षमायाचना व्यक्त गर्दछौं ।
सुरक्षित अवतरणका लागि तयारी अवस्थामा रहेका नेपाल प्रहरी, नेपाल सैनिक, नागरिक उडड्डयन प्राधिकरण, अग्नि नियन्त्रक टोलीका साथ सबैमा धेरै धन्यवाद । हामी पुनः सुरक्षित हवाई यात्राको प्रतिवद्धता व्यक्त गर्दछौं ।