back
hangrilabank
himalayanlife
stc

सञ्चालनमा ल्याए बागमती प्रदेशमा सूचना बैंक

हेटौंडा । दुई वर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशमा सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा ल्याएको छ ।

प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम अब बागमती प्रदेशका सबै मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा सहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट पाउन सकिनेछ ।

शुक्रबार एक कार्यक्रमकाबीच आन्तरिक मामिला तथा कानून मन्त्री अजयक्रान्ती शाक्यले सुचना बैंकको उद्घाटन गर्नुभएको हो ।