अर्थ मन्त्रालयका ७४ उपसचिवको सरूवा

काठमाडौं । अर्थ मन्त्रालयले गत साता ७४ जना उपसचिवहरुको सरुवा गरेको छ। भन्सार,आन्तरिक राजस्व कार्यालयका उपसचिको सरूवा अर्थ मन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधुकुमार मरासिनी र राजश्व सचिव कृष्णहरि पुस्करले ठुलो चलखेल गरि आफु निकट उपसचिवहरुलाई राम्रो अवसर दिलाएका छन् । यो सरुवामा नेकपा (माओवादी केन्द्र) निकट कर्मचारी युनियन आवद्वहरुलाई चाहे अनुसारको ठाँउमा सरुवा गरिएको छ।
अर्थ मन्त्रालयमा रहेका अधिकांश उपसचिवहरु कर कार्यालयको प्रमुख र ठूला करदातामा पुगेका छन् । २ वर्ष अवधि नपुगेका कार्यालय प्रमुख र उपसचिवहरुलाई पनि कानून विपरीत सरुवा गरिएको छ ।
यसरी कानून विपरीत अवधि नपुग्दै सरुवा हुने भंसार प्रमुखहरुमा रसुवा र भैरहवा रहेका छन् । रसुवाका प्रमुख यश अधि विवादमा मुछिएका थिए।
यसरी सरुवा हुने उपसचिवहरुमा खडानन्द गौतमलाई अर्थ मन्त्रालयबाट प्रमुख कर अधिकृत, आन्तरिक राजश्व कार्यालय हेटौंडा, ताराप्रसाद भुुुषाललाई मन्त्रालयबाट प्रमुख कर अधिकृत, आन्तरिक राजश्व कार्यालय भक्तपुर, अर्थ मन्त्रालयबाट केशवकुमार उप्रेतीलाई प्रमुख कर अधिकृत, मध्यमस्तरीय करदाता कार्यालय बबरमहल, मुकुन्द पोखरेललाई मन्त्रालयबाट ठूला करदाता कार्यालयमा सरुवा गरिएको बताइएको छ ।
यस्तै कमला खरेललाई मन्त्रालयबाट सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र ललितपुर, कपिलप्रसाद सुवेदीलाई प्रमुख कर अधिकृत, आन्तरिक राजश्व कार्यालय वीरगंज, जीवनाथ ज्ञवाली मन्त्रालयबाट सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र र टंकनाथ लम्साललाई प्रमुख कर अधिकृत, मध्यमस्तरीय करदाता कार्यालय बबरमहलमा सरूवा गरिएको छ ।
यता आन्तरिक राजश्व कार्यालय ठमेलका प्रमुख कर अधिकृत मोहनसिंह बस्नेत, आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीका प्रमुख कर अधिकृत चन्द्रकुमार श्रेष्ठ,आन्तरिक राजश्व कार्यालय टंगाल काठमाडौंका प्रमुख कर अधिकृत कर्णप्रसाद तिमिल्सिना, आन्तरिक राजश्व कार्यालय बाग्लुङ्गका प्रमुख कर अधिकृत जनकराज शर्मा, आन्तरिक राजश्व कार्यालय डडेलधुराका प्रमुख कर अधिकृत युगराज पाण्डेको सरुवा पनि अर्थ मन्त्रालयमा भएको छ ।
तातोपानी,विराटनगर भन्सार कार्यालय प्रमुख भैसकेका उपसचिव मिमांस अधिकारी बढुवाका लागि नम्बर पुरयाउन कञ्चनपुर भंसारमा पुगेकोमा यो सरूवामा कञ्चनपुर भंसार कार्यालयबाट आन्तरिक राजश्व कार्यालय कलंकी,महाराजा कोइराला आन्तरिक राजश्व विभागबाट आन्तरिक राजश्व कार्यालय महाराजगंज, दुर्गादत्त भण्डारी आन्तरिक राजश्व विभागबाट सरुवा भई आन्तरिक राजश्व कार्यालय बत्तिसपुतली,हरि बस्याल आन्तरिक राजश्व कार्यालय चावहिलबाट आन्तरिक राजश्व विभागमा सरुवा भएका छन् ।
यस्तै सूर्यप्रसाद पोखरेल आन्तरिक राजश्व विभागबाट सरुवा भई आन्तरिक राजश्व कार्यालय विराटनगर, आन्तरिक राजश्व कार्यालय त्रिपुरेश्वरका राजेन्द्रप्रसाद चुडाल आन्तरिक राजश्व विभाग, मन्त्रालयका उपसचिव टीकाराम भुषाल ठूला करदाता कार्यालय हरिहर भवनमा सरुवा भएका छन् ।
यसैगरि आन्तरिक राजश्व विभागका निर्देशक अर्जुन ढकाल आन्तरिक राजश्व कार्यालय प्रमुख कर अधिकृत ललितपुर १, आन्तरिक राजश्व कार्यालय बत्तिसपुतलीका प्रमुख कर अधिकृत मित्रलाल अधिकारी,आन्तरिक राजश्व विभागका निर्देशक देवनारायण पौडेल ठूला करदाता कार्यालय, विभागका निर्देशक बोलराज आचार्यको आन्तरिक राजश्व कार्यालय कालीमाटीमा सरूवा भएको छ ।
आन्तरिक राजश्व कार्यालय ललितपुर १ का प्रमुख कर अधिकृत जीवन घिमिरेको सरुवा विभाग, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय काठमाडौंका दीपक गौतमको सरुवा आन्तरिक राजश्व कार्यालय जोरपाटी, केदारनाथ शर्मा ठूला करदाता कार्यालयबाट विभाग, ठूला करदाता कार्यालयका ललितपुरका प्रमुख कर अधिकृत दिनेश शर्मा प्रमुख भंसार परीक्षण प्रशासक भंसार जाँचपास परीक्षण कार्यालय, ठूला कारदाता कार्यालयका प्रमुख कर अधिकृत हरिशचन्द्र ढकालको सरुवा अर्थ मन्त्रालयमा भएको छ ।
यस्तै सुनिलकुमार यादव आन्तरिक राजश्व कार्यालय वीरगंजबाट ठूला करदाता कार्यालय, दिव्यराज पोखरेल अर्थ मन्त्रालयबाट मध्यमस्तरीय करदाता कार्यालय, सुशिलकुमार शर्मा नेपाल मध्यमस्तरीय कार्यालयबाट मन्त्रालय, मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर अधिकृत गणेशप्रसाद नेपालको विभागमा सरुवा भएको छ ।
यस्तै आन्तरिक राजश्व भक्तपुरका प्रमुख कर अधिकृत गगनबहादुर बिश्वकर्मा अर्थ मन्त्रालय, मध्यमस्तरीय करदाता कार्यालयका खिमबहादुर कार्की विभाग,अर्थ मन्त्रालयका यमबहादुर कार्कीको मध्यमस्तरीय करदाता कार्यालय बबरमहल, मध्यमस्तरीय करदाता कार्यालयका गौरीशंकर उपाध्यायको प्रमुख कर अधिकृत आन्तरिक राजश्व कार्यालय धनगढीमा सरूवा भएको छ।
यस्तै आन्तरिक राजश्व कार्यालय कलंकीका प्रमुख ताराप्रसाद सापकोटाको विराटनगर भंसार कार्यालय, आन्तरिक राजश्व कार्यालय कालिमाटीका प्रमुख कर अधिकृत चुँडाराज सापकोटाको त्रिबि भंसार कार्यालय, तीर्थराज बराल आन्तरिक राजश्व कार्यालय धरानबाट प्रमुख भंसार अधिकृतका रूपमा सर्लाही भंसार कार्यालय,आन्तरिक राजश्व कार्यालय विराटनगरका विमल सापकोटा आन्तरिक राजश्व विभाग, भंसार जाँचपास परीक्षण कार्यालयका जनार्दन आचार्यको आन्तरिक राजश्व कार्यालय टंगालमा, त्रिभुवन विमानस्थल भंसार कार्यालयका देवान्नद काफ्लेको आन्तरिक राजश्व कार्यालय नयाँ बानेश्वर,आन्तरिक राजश्व विभागका जगदिश्वर उपाध्याय आन्तरिक राजश्व कार्यालय त्रिपुरेश्वरको प्रमुख कर अधिकृत, विराटनगर भंसार कार्यालयका शिवप्रसाद भण्डारीको सरुवा मन्त्रालयमा भएको छ ।
त्रिभुवन विमानस्थल भंसार कार्यालयका केशवराज ओली फेरि मेची भंसार कार्यालय, मेची भंसार कार्यालयका ध्रुवराज विश्वकर्माको कञ्चनपुर भंसार कार्यालय,आन्तरिक मामिला तथा योजना मन्त्रालय प्रदेश २ का रामप्रमोद यादबको सरुवा आन्तरिक राजश्व कार्यालय चावहिल,जलेश्वर भंसार कार्यालयका गुणराज सुवेदीको मध्यस्तरीय करदाता कार्यालयमा , भंसार विभागकी संगीता सुवेदी घिमिरेको मध्यमस्तरीय करदाता कार्यालय, र आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशकी विमला अधिकारीको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा सरुवा भएको छ ।
यसैगरि आन्तरिक राजश्व कार्यालयका सुर्खेतका रामप्रसाद मैनालीको रसुवा भंसार कार्यालयमा, आन्तरिक राजश्व विभागका सुवप्रसाद रिजालको आन्तरिक राजश्व कार्यालय भद्रपुर, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठ त्रिवि भंसार कार्यालय र विभागका निर्देशक मोहलाल जिसीको आन्तरिक राजश्व कार्यालय सुर्खेतमा सरूवा भएको छ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशका रमेश शर्मा आन्तरिक राजश्व कार्यालय कास्की, भंसार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाललाई भैरहवा भंसार, २ वर्षे अवधि नपुगे पनि कानून विपरीत रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीको विभागमा सरूवा भएको छ।
यता आन्तरिक राजश्व कार्यालयका हेटौंडाका शालिकराम आचार्यलाई बाग्लुङ्ग, आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का गोबिन्दराज आचार्यलाई आन्तरिक राजश्व कार्यालय धरान,मध्यमस्तरीय आन्तरिक राजस्वका ठगबहादुर मल्होत्राको विभागमा, ठूला करदाताका पुस्कर न्यौपानेलाई आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर, आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत रामहरी ज्ञवालीलाई मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय लुम्विनी प्रदेशका टेकबहादुर अर्याललाई आन्तरिक राजश्व कार्यालय कावासोतीमा र कावासोतीका प्रमुख राजकुमार अधिकारीको विभाग सरूवा भएको छ।
आन्तरिक राजश्व कार्यालय जोरपाटीका प्रमुख कर अधिकृत राजुप्रसाद प्याकुरेलको विभाग, २ वर्ष अवधि नपुगि भैरहवा भंसार कार्यालयका प्रमुख मणिराम पौडेललाई भंसार विभागमा, । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक लवराज थापाको सरुवा आन्तरिक राजश्व विभागमा भएको छ ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालय सुदूरपश्चिमका निर्मल ढकाल, मन्त्रालयका दिलिपकुमार अधिकारी आन्तरिक राजश्व कार्यालय ठमेलमा, मन्त्रालयका चण्डीप्रसाद घिमिरेको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा र त्रिवि भंसार कार्यालयका नवराज पन्थीको सरुवा मन्त्रालयमा भएको छ ।
वरिष्ठ तथ्याङ्क शास्त्री सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका हिक्मत भण्डारीको मन्त्रालयमा,मन्त्रालयका डिल्लीराम अर्याललाई भण्डारीको ठाउँमा सरुवा गरिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
वि.सं.२०७८ असोज २५ ०७:४६