back
prabhu insurance
himalayanlife

प्रेस काउन्सिल नेपालद्वारा न्युज पोर्टल दर्ता गर्न आग्रह

काठमाडौं । मुलुकभरका सञ्चार माध्यमको नियमन गर्दै आएको प्रेस काउन्सिल नेपालले एक विज्ञाप्ती प्रकाशित गर्दै न्युजपोर्टल दर्ता गर्न आग्रह गरेको छ।

पछिल्लो पटक अनलाइन र युटुबका सामाग्रीप्रति जनगुनासाहरू बढदै गएको र त्यस्ता सामाग्रीबारे काउन्सिलमा उजुरी बढदै गएको पनि काउन्सिलले जनाएको छ।

गत जेठ महिनाको दोस्रो साता यता काउन्सिलले ७८ वटा न्युजपोर्टल दर्ता प्रकृयामा ल्याउन पत्राचर गरेकोमा ९ वटा न्युजपोर्टलले कानुनी प्रकृया पूरा गरि आचार संहिता पालना गर्ने प्रतिवद्वता जनाई काउन्सिलमा सुचिकृत भएको काउन्सिलले जनाएको छ।

काउन्सिलमा चालू आ.व. को तीन महिनामा ६८ वटा उजुरी दर्ता भएका छन। जसमा साउन र भदौ महिनामा २९/२९ वटा र असोज महिनामा १० वटा उजुरी दर्ता भएका छन।

यस्तै बागमती प्रदेशमा ५४ वटा ,गण्डकी प्रदेशमा ४वटा , प्रदेश नं .१ मा ३ वटा, लुम्बिनी प्रदेशमा ३ वटा, कर्णाली प्रदेशमा १ वटा,प्रदेश नं. २ र सुदुर पश्चिम प्रदेशमा २/२ वटा उजुरी परेको काउन्सिलले जनाएको छ।

यस्ता उजुरीमा अनलाइन मिडियाका ५२ वटा, छापामाध्यमका ८ वटा, टेलिभिजनका ३ वटा, अनलाइन टिभि विरूद्वका १ वटा,युटुब मिडियाका ३ वटा र अन्य मिडियाका १ वटा उजुरी परेका छन। जसमध्ये २९ वटा उजुरी फस्यौट भएका छन भने ३९ वटा उजुरी फस्यौट प्रकृयामा रहेका छन।

साथै काउन्सिलले उजुरीकर्ता, सम्बन्धित मिडियाका सञ्चालक,प्रतिनिधि बीच काउन्सिलको रोहवरमा ६ वटा उजुरीमा छलफलद्वारा मेलमिलाप गराएको र एउटा मेलमिलाप गराई सकेको र ५ वटा उजुरी माथि छलफल र मेलमिलाप जारी रहेको काउन्सिलले जनाएको छ।

काउन्सिलले आचार संहिताको सीमा भित्र रहि सञ्चार सामाग्री दिन र स्वस्थ्य पत्रकारिताको विकासमा सहयोग सबैमा आग्रह गरेको छ।