दसैँमा मनकामना केबलकार दुई दिन बन्द

चितवन । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका मुख्य २ दिन केबलकार बन्द रहने कम्पनीले जनाएको छ ।
केबलकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने यसको सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।
वि.सं.२०७८ असोज २८ ०९:२३