back
hangrilabank
himalayanlife
stc

विजयदशमीको टीका साइत १०:०२ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंको टीका साइत सार्वजनिक गरेको छ। टिकाको साइत असोज २९ गते बिहान १०:०२ बजे रहेको छ।

असोज २९ गते शुक्रबार दशै‌ंको टीका (विजयादशमी) पर्व परेको छ। घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः०१९ बजे विसर्जन गरिने साइत छ। विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ।

टीका लगाउने मानिस पूर्व फर्कनु पर्ने समितिले जनाएको छ। त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ।

विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः ०३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ। खड्गयात्रा पनि यसै दिन गरिने छ। आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ। त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ।