सर्वोच्चका १४ न्यायाधिशले फुलकोर्ट बहिष्कार गर्ने

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधिशले फुलकोर्ट बहिष्कार गर्ने भएका छन। प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जवराले बोलाएको फुलकोर्ट सर्वोच्व अदालतका १४ न्यायाधिशले बहिष्कार गर्ने निर्णय गरेका छन ।
न्यायाधिशहरु दीपक कुमार कार्की, मिरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि प्रसाद फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदीले फुलकोर्ट वहिष्कार गर्ने निर्णय गरेका हुन ।
नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीसँगको भेटमा प्रधानन्यायधिश जवराले इजलाश तोक्दा गोलाप्रथा गर्ने र फुलकोर्ट बोलाउने बताएका थिए ।
आजै न्यायाधिशहरुले प्रधानन्यायाधिशका कारण अदालत विवादमा तानिएको भन्दै छलफल गरेका थिए ।
न्यायाधिशहरुले सामूहिक छलफल बहिष्कारको निर्णय गरे पछि जवरा थप अप्ठयारोमा परेका छन । न्यायालयको विवाद थप पेचिलो बन्दै गएको महसुस भएको छ । प्रधानन्यायाधीशलाई राजीनामा दिन बाध्य पार्ने स्थिति देखिएको छ।
वि.सं.२०७८ कात्तिक ७ ११:४७