तराइ विकास केन्द्रको शुभकामना आदानप्रदान सम्पन्न
काठमाडौं । विजया दशमी, शुभ दिपावली,नेपाल सम्वत र छठपर्वको अवसरमा तराई विकास तथा सञ्चार केन्द्र नेपालले प्रशासक तथा संचारकर्मी बीच शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
सो अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिब एकनारायण अर्याल, मन्त्रालयका प्रबक्ता बसन्त अधिकारी, समाजवादी प्रेस संगठनका संयोजक एवं दृष्टि मिडियाका अध्यक्ष शम्भु श्रेष्ठ ,सुचना तथा प्रशारण बिभागका महानिर्देशक गोगनबहादुर हमाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव तथा संचार केन्द्र, नेपालका अध्यक्ष गोबिन्द प्रसाद चौलागाईं, वरिष्ठ पत्रकार निरज रञ्जित, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शन्तराम बिडारी, राजधानी दैनिकका सम्पादक सागर पण्डित लगायतका वरिष्ठ संचारकर्मिहरुको उपस्थितिमा शुभकामना आदन–प्रदान तथा चियापान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
वि.सं.२०७८ असोज २५ १२:३६


















