back
stc
prabhu insurance

अरुण काबेली हाइड्रोपावरको बोनस सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । अरुण काबेली हाइड्रोपावरको १७.८९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज भदौ १३ गते आइतबार अन्तिम दिन हो । भदौं १५ गतेदेखि बुक क्लोज गर्न लागेको यस कम्पनीको लाभांश पाउन आज नै सेयरधनी बन्नु पर्नेछ ।

किन भने भदौ १४ गते सोमबार श्रीकृष्ण जन्माष्टमीका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । यसकारण सोमबार सेयर कारोबार नहुने भएकाले आज आइतबार नै सेयरधनी बनिसक्नु पर्नेछ ।

यसले भदौ २६ गते वार्षिक साधारण सभा डाकेको छ । ११औं वार्षिक साधारण सभा संस्थाको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली काठमाडौंमा बिहान ११ बजे देखि सुरु हुनेछ । कोरोना महामारीका कारण सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

सभामा १७.८९ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव राखिएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृत दिने प्रस्ताव सभामा लगिने छ । भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म बुक क्लोज हुनेछ ।