अरुण भ्यालीको बोनस सेयर अनुमोदन गर्न असोज २४ गते वार्षिक साधारण सभा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले लाभांश वितरण सहितका प्रस्ताव पारित गर्न असोज २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले असोज ११ गते बुक क्लोज गरेको छ । असोज १० गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न पाएका छन् ।
यसले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । बोनस वितरणपश्चात कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत कप्रद निष्कासन गर्ने तयारी पनि गरिएको छ ।
वि.सं.२०७८ असोज २० ०९:०५