back
stc
prabhu insurance

आइपीओ निष्कासन गर्ने प्रस्ताव, आज अप्पर स्यांगे हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा 

काठमाडौं । अप्पर स्यांगे हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने तयारी गरेको छ । आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीको वार्षिक साधारण सभा आज (असोज २४ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय चन्डोल ४ काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियामालीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेश गरिनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।