back
stc
prabhu insurance

जेठ १८ गतेदेखि अपि पावर कम्पनीको ४ लाख ४९ हजार कित्ता सेयर लिलामी खुल्दै

काठमाडौं । आगामी जेठ १८ गतेदेखि अपि पावर कम्पनीको सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

लिलामी भर्ने अन्तिम म्याद जेठ २६ गतेसम्म तोकिएको छ । यसअघि कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता (३९.३६प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हात्तिसार मार्ग, कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ ।