back
stc
prabhu insurance

हिमालयन हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन : यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा ४७ करोड १७ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज बिहीबार (असार १६ गते) बिहान १०.४ बजेसम्ममा ४ लाख ५ हजार ८४२ जनाले ४७ लाख १७ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.५७ गुणा बढी आवेदन हो ।

कम्पनीले बुधबार (असार १५ गते) बाट १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

योमध्ये ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

इक्राले २०७८ चैत १७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद २०७९ चैत १४ गतेसम्म बहाल रहन्छ । लगानीकर्ताले मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।