back
stc
prabhu insurance

अपर हेवाखोलाको आइपीओमा १२ लाख ११ हजार ६८९ जनाको आवेदन 

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओमा १ अर्ब ३८ करोड ७७ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार मंगलबार साँझसम्ममा १२ लाख ११ हजार ६८९ जनाले १ करोड ३८ लाख ७७ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले  प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता  साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा यसअघि बुधबार असार २८ गतेसम्म आवेदन दिन सकिने जनाइएको थियो । तर, आइतबार असार २६ गतेबकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएकोले सो दिनको सट्टामा बुधबार पनि यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी कियर नेपालले अपर हेवाखोलाको आइपीओलाई औसत जोखिम जनाउने ‘कियरएनपी डबल बी’ रेटिङ दिएको छ ।