भदौ ६ देखि बरुण हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । भदौ ६ गतेदेखि बरुण हाइड्रोपावर कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ ।
हकप्रद सेयरमा भदौ २६ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।
हकप्रद सेयरमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकका शाखा तथा मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।
वि.सं.२०७९ साउन २५ ०८:४७




















