back
stc
prabhu insurance

असोज ९ गते आइपीओ प्रस्ताव सहित माथिल्लो मैलुङ खोलाले बोलायो साधारण सभा

काठमाडौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आइपीओ जारी गर्ने प्रस्ताव सहित असोज ९ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले साधार सभा गर्ने निर्णय गरेको हो । साधारण सभाबाट आइपीओ निष्कासन गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने एजेन्डा रहेको कम्पनीले जानकारी गराएको छ । त्यस्तै, सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

साथै, आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । साधारण सभा , अकामा होटल, धुम्बाराही, काठमाडौंमा बस्नेछ ।