असोज ३१ गते अप्पर स्याङ्गे हाइड्रोपावरको साधारण सभा
काठमाडौं । असोज ३१ गते अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको केन्द्रिय कार्यालय चन्डोल ४, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
वि.सं.२०७९ असोज ९ ०८:०१

















