back
stc
prabhu insurance

त्रिशुली जलविद्युतको आइपीओमा हालसम्म ९ करोड ५३ लाख रुपैयाँ संकलन

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीको आइपीओको बाँकी रकम आज बिहीबार असोज १३ गते सम्म ४६ हजार ८४८ जनाले चुक्ता गरेका छन् ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बिहीबार साँझ ५ः३० बजेसम्म ४६ हजार ४८४ जनाले १० लाख ९५ हजार ६३९ कित्ता सेयरका लागि ९ करोड ५३ लाख २० हजार ५९३ रुपैयाँ चुक्ता गरेका छन् ।

त्रिशुलीले असोज ४ गतेदेखि आफ्ना सेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम जम्मा गर्न आग्रह गरेको हो ।

त्रिशुलीको आइपीओ २०७५ चैत ७ गते खुलेको थियो । त्यसबेला, कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५५ अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

उक्त सेयरमा अंकित मूल्यको १०५ का दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरुलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँ भुक्तानी गर्न भनेको हो ।

सेयरधनीहरुलाई कात्तिक १७ गतेसम्ममा सो रकम भुक्तानी गर्न आग्रह गरेको छ । ९० रुपैयाँमध्ये सेयरधनीहरुले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ ।

रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज प्राप्त हुने भएकोले ८७ रुपैयाँ बुझाए हुने कम्पनीले जनाएको छ ।

आयोजनाको सेयर २०७५ साल चैत १४ गते बाँडफाँट भएको थियो । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत उक्त रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।