back
stc
prabhu insurance
nabil

सानिमा माईको नाफामा सामान्य गिरावट

काठमाडौं । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो त्रैमासमा हाइड्रोपावरले २३ करोड २४ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा गत वर्षको भन्दा ४.४२ प्रतिशतले थोरै हो । गत वर्ष यसले २४ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि घट्दा त्यसको प्रभाव नाफामा परेको छ ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ६.४३ प्रतिशतले घटेर ३२ करोड १७ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसले विद्युत् बिक्रीबाट ३४ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हाल सानिमा माई हाइड्रोपावरको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ छ । यसको रटेन्ड अर्निङमा १ अर्ब १५ करोड रुपैयाँ रहेको छ।

सानिमाको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ १४ पैसाले घटेर ७ रुपैयाँ ५२ पैसा भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ४६ पैसाबाट बढेर १५५ रुपैयाँ भएको छ ।