back
stc
prabhu insurance

सुपर माई हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सुपर माई  हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज पुस १३ गते अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले बुधबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

हाइड्रोपावरले मंसिर २१ गतेदेखि इलाम जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट भने पुस ६ गतेपछि आवेदन लिन बन्द गरिएको थियो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो ।

हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख कित्ता सेयर निष्कासन गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने ५० हजार कित्ता सेयर छुट्याइएको छ । कम्पनीले निष्कासन गरेको ५ लाख कित्ता मध्ये आयोजनाको अति प्रभावित क्षेत्रका बासिन्दालाई ४० प्रतिशत सेयर छुट्याएको छ ।

कम्पनीले सो क्षेत्रका स्थानीयलाई २ लाख कित्ता सेयर छुट्याएको हो । यता, आयोजना अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीयका लागि बाँकी ६० प्रतिशत अर्थात, ३ लाख कित्ता निष्कासन गरेको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले सुपरमाईको आइपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

स्थानीय बासिन्दाले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।