back
stc
prabhu insurance
nabil

आजदेखि सुपर मादी हाइड्रोपावर लिमिटेडले आइपीओ विक्री गर्दै

काठमाडौं । आज माघ ९ गतेदेखि सुपर मादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ विक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आइपीओ बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् २१ करोड बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

सर्वधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूमा र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ ।

अब बाँकी रहेको शेयरबाट पनि ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएर १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्काशनमा ल्याउन लागिएको हो ।

आइपीओ विक्रीका लागि छिटोमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि माघ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले कास्की जिल्लामा ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०७८ जेठ २८ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिएको थियो ।