back
stc
prabhu insurance
nabil

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरको ७.३६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज चैत ८ गते बुधबार अन्तिम दिन हो । यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत ९ गते बुक क्लोज गर्दैछ ।

तसर्थ, आजसम्म सेयर खरिद गर्ने लगानीकर्ता कम्पनीले प्रस्ताव गरेको लाभांश पाउने छन् । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न युनाइटेड मोदीले चैत २३ साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे जुम माध्यमबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।