back
stc
prabhu insurance

नेशनल हाईड्रोपावरको स्थगित २६ औं वार्षिक साधारण सभा आज बस्दै

कठमाडौं । नेशनल हाईड्रोपावर कम्पनीको स्थगित २६ औं वार्षिक साधारण सभा आज चैत्र १६ गते डेलिस ओपेरा रेष्टो एण्ड बैंक्वेट बालुवाटार काठमांडौमा बिहान ११ बजे सुरु हुनेछ ।

यसअघि कम्पनीको फागुन १० गते सम्पन्न संचालक समितिले कम्पनीको २६ औं बार्षिक साधारणसभा चैत ३  गते तोकिएकोमा  उक्त सभामा गुणपुरक संख्या नपुगी स्थगित गरिएको थियो ।

सभाले अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १९ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।