back
stc
prabhu insurance

सयपत्री हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ।कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १ः१ अर्थात् एक शेयर बराबर एक शेयर अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो।

साथै बैठकले उक्त निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोग समक्ष पेश गर्ने पनि बताएको छ। आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी आठौं वार्षिक साधारण सभामा प्रस्ताव पेश गरिने कम्पनीका अध्यक्ष डा. एक नारायण चापागाईले जानकारी दिएको छ।

हकप्रद शेयर निष्काशनपछि प्राप्त हुने रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानीगर्न र दरम खोला ‘ए’ जलविद्युत आयोजनाको मर्मत सुधारका लागि उपयोग गरिने कम्पनीले जनाएको छ।