back
stc
prabhu insurance

नेपाल ल्यूव आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल ल्यूव आयलको ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार असोज ४ गते अन्तिम दिन हो ।

कम्पनीले असोज १८ गते बस्ने वार्षिक साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशतनगद गरी कुल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्दैछ । सभा प्रयोजनका लागि मंगलबार असोज ५ गतेदेखि बुक क्लोज गर्ने भएकाले सोमबारसम्म कायम सेयरधनी मात्र लाभांशको हकदार हुनेछन् ।

सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक नियुक्ती गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पनि पेश हुनेछ ।

सभा नेपाल ल्यूवको कार्यालय झम्सिखेल ललितपुरबाट जुम एपमार्फत भर्चुअल माध्यमबाट हुने भएको छ ।