back
stc
prabhu insurance

गोर्खा ब्रुअरीको वियर गुणस्तरहिन आन्तरिक राजस्व विभागले कारवाही गर्यो

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले नेपालमा डेनिस प्रविधि अपनाएर डेनमार्क कै गुणस्तर अनुसार बियर उत्पादन गरेर नेपाली जनतालाई बिक्रि बितरण गर्ने भनेर उत्पादन अनुमति लिएको थिए ।

गोर्खा ब्रुअरी डेनिस कम्पनीसँगको सहकार्यमा नेपालमा स्थापना भएको कम्पनी हो । त्यसैले गोर्खा ब्रुअरीले उत्पादन गर्ने एक बोत्तल बियर बेच्दा एक सय रुपैयाँ डेनमार्क जान्छ ।

तर, कम्पनीले डेनिस प्रविधि भनेर नेपाली जनतालाई नेपाली र भारतीय काम नलाग्ने कनिका र पानी मिसिएको बियर बेचेको गुणस्तर जाँचबाट पाइएको छ ।

मापदण्ड विपरीत उत्पादन गरेको पाइए पछि आन्तरिक राजस्व विभागले हालै कारबाही गरेको छ । उत्पादन अनुमति पत्र लिंदा उल्लेख गरे अनुसार बियरमा जौको मात्रा बढी राख्नु पर्नेमा कनिकाको मात्रा बढी देखिएपछि आन्तरिक राजस्व विभागले कारबाहीस्वरुप अन्तःशुल्कको मूल्यमा बढोत्तरी गरेको छ । कम्पनीले विद्यमान ऐनमा उल्लिखित गुणस्तरलाई बेवास्ता गरेर बियर उत्पादन गरेपछि मूल्य बढाएर चेतावनी दिएको छ ।

गोर्खा ब्रुअरीले काल्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल ब्राण्डका बियर उत्पादन गर्दै आएको छ । विभागले अनुसन्धान गर्दा माल्ट (प्रशोधित जौ) को मात्राभन्दा कनिकाको मात्रा धेरै भेटिएपछि वर्गीकरणमार्फत ‘लोकल रक्सी’ को सूचीमा राखिएको विभागले जानकारी दिएको छ ।

नेपालीले डेनिस कम्पनीको स्वाद भनेर ग्राहकले नेपाली र भारतीय काम नलाग्ने बिग्रिएका कनिका र पानी महंगो मूल्य तिरेर खाइरहेका छन् ।

गोर्खा ब्रुअरीमा खेतान समूह र डेनिस कम्पनीको लगानी रहेको छ । पहिला सुरुमा खेतान समूहको ५० र डेनिस कम्पनीको ५० प्रतिशत लगानी थियो ।

पछि फेरि खेतान ग्रुपले नेपाली पैसा विदेशमा निकासी गर्न ९० प्रतिशत शेयर डेनमार्कलाई विक्रि गरी पुनः आफै ५० प्रतिशत शेयर खेतान ग्रुपले किनेको छ । खेतान ग्रुपले शेयर किनबेच गरे वाफत सरकारलाई बुझाउनु पर्ने करोडौं लाभकर समेत सरकारलाई नबुझाएको रहस्य समेत खुलेको छ ।

खेतान समूहका मुख्य मालिक राजेन्द्र कुमार खेतान हुन् । अहिले कम्पनीका मालिक राजेन्द्र र सिपी खेतान सिंगापुरमा बस्दै आएका छन । नेपालमा गुणस्तरहिन कनिका वियर बेचेर कमाएको अबैध धन विदेशमा लगानी गर्दै आएका छन् । उनले भारतमा मात्र ७ वटा वियर कम्पनी खोलेका छन । तर, त्यहाँको पनि राजश्व नबुझाएको पाइएको छ ।

विद्यमान ऐन र मापदण्डविपरीत उत्पादन गरी बिक्री गरेकाले कारबाही गर्न आन्तरिक राजस्व विभागलाई दबाब परिरहेको छ ।

अहिले विभागले गोर्खा ब्रुअरीका उत्पादनलाई बजारमा पठाउन रोक लगाएको थियो । मापडण्डविपरित बनेको र यसले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने देखिएपछि विभागले अहिले दिएको वियरको मान्यतासमेत खारेज गरिदिएको छ ।

गोर्खा ब्रुअरीको उत्पादनमा बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएको थियो । मापदण्डमा कडाइ गर्दै विभागले कारबाहीस्वरुप बियरको अन्तःशुल्क अनुसार होइन अन्यसरहको अन्तःशुल्क तिर्न निर्देशन दिएको छ ।

निर्देशन दिएको केही दिनसम्म गुणस्तर अनुरुप बनाएपनि । तर, फेरि राजनीतिक अस्थिरताको मौका छोपी पुरानै अवस्थामा फर्काएका छन् ।

गोर्खा ब्रुअरीको बियरमा प्रतिलिटर अन्तःशुल्क १६५ रुपैयाँ छ । तर, कनिका बढी हालेका कारण विभागले बियर अनुसार होइन अन्यसरहको अन्तःशुल्क बुझाउन कम्पनीलाई निर्देशन दिएको छ । अहिले कम्पनीको उत्पादनमा दररेट प्रतिलिटर ४३० रुपैयाँ कायम गरेको छ ।

विभागले जौ भन्दा कनिका सस्तो पर्ने भएकाले ब्रुअरीले कनिकाको मात्रा बढी प्रयोग गरेको अनुसन्धानका क्रममा भेटिएको थियो ।

त्यसपछि आन्तरिक राजस्व विभागले कारबाही गर्ने तयारी गरेको थियो । कम्पनीलाई कारबाही गर्ने तयारी गरेपछि खेतानले पावर लगाएर विभागका महानिर्देशक र उपमहानिर्देशकलाई सरुवा गरेका छन् ।

खेतानको दबाबमा महानिर्देशक विनोद कुवँर र उपमहानिर्देशक शिवा दाहालको विभागबाट सरुवा भएको हो । विभागका नयाँ महानिर्देशकले गोरखा ब्रुअरीले गरेको बदमासीलाई कानुनको दायरामा ल्याएर कारवाही गर्ने हुन वा ब्रुअरीको दवावमा परेर जनतालाई कनिका वियर खान बाध्य पारेर जनस्वास्थ्यमा यसरी नै खेलवाड भैरहने हो त्यो भने हेर्न बाँकी छ।

आगामी तिहारदेखि विभागले गोर्खा ब्रुअरीले उत्पादन गरेका सामाग्री बजारमा पठाउन रोक लगाएको छ । तर अहिले कम्पनीले नयाँ अन्तःशुल्क नभई पुरानै अन्तःशुल्कमा गुणस्तरहीन बियर बजारमा पठाउन आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई दबाब दिएको छ ।

विभागले मापदण्डविपरीत उत्पादन गर्ने कम्पनीलाई कारबाही गर्ने तयारी गरेको छ । कारबाहीका लागि भन्सार विभागको पनि राय लिनुपर्ने भएकाले पत्राचार गरिएको जानकारी विभागका एक कर्मचारीले दिए ।

उनले भने, ‘विभागले यसअघि बजारमा पठाइसकेको बियरको पनि नयाँ अन्तःशुल्क कायम गर्न खोजिरहेको छ । हामीले कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेका छौ ।’

बियरमा जौको मात्रा ५० प्रतिशत हुनै पर्ने प्रावधान छ । तर, ब्रुअरीले बियरमा जौको सट्टा कमसल खालको नेपाल र भारतमा बन्ने कनिका धेरै प्रयोग गरी महँगोमा बिक्री गरिरहेको विभागको दाबी छ । यतिसम्मको ब्रुअरीले उत्पादन गर्ने बियर त्यही कम्पनीमा काम गर्ने कर्मचारीले समेत खादैनन् ।

लकडाउनका बेला अनुगमन नहुने र दसैं(तिहार र छठ पर्वको समयमा अकुत नाफा कमाउन कम्पनीले मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै आएको उपभोक्ता अधिकारकर्मीले बताउँदै आएका छन् ।

अन्तःशुल्क लाग्ने मदिरा, चुरोट एवं सुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्रवालाले उत्पादन गरेको वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुल्क ऐनमा रहेको छ ।

गोर्खा ब्रुअरीको बदमासी पछि आन्तरिक राजस्व विभागले एक साता कम्पनी नै बन्द गराएर अध्ययन गरे पनि अझै कारबाही भएको छैन ।

विभागले अहिले गोर्खा ब्रुअरीका केही ब्रान्डमा देखिएको गुणस्तर सम्बन्धी कमजोरीका बारेमा कडा कारबाही हुने बताएको छ । अहिले अनुसन्धान कार्य जारी रहेको विभागको भनाइ छ ।