back
prabhu insurance
himalayanlife

खुकुरी ह्वाइट रम नेपाली बजारमा

काठमाडौं । नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले आफ्नो बहुचर्चित खुकुरी ब्रान्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ।

योसँगै खुकुरी ब्रान्डको पोर्टफोलियोमा अब तीन प्रकारका रमहरु भएका छन्ः खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी ह्वाइट रम ।

खुकुरी ह्वाइट रमले गर्मीयामका पेयहरुको माग पूरा गर्ने कम्पनीले बताएको छ । उक्त रमलाई बरफ (आइस) हालेर वा कोला वा जुसजस्ता मिक्सरहरुसँग पनि पिउन सकिने कम्पनीले बताएको छ । ‘खुकुरी ह्वाइट रम’लाई ककटेल बनाउन व्यापक रुपमा प्रयोग गर्न सकिने कम्पनी बताउँछ ।

२ वर्षभन्दा बढी समय लगाएर खुकुरीको ह्वाइट रम तयार गरिएको कम्पनीले जानकारी दिएको छ । खुकुरी रमको ब्राण्ड पोर्टफोलियोमा विश्वस्तरीय ह्वाइट रम थपिएकोमा आफूलाई गर्व महसुस भएको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले बताए ।

उनले भने, ‘हामीले रमको आधारभूत पोर्टफोलियो अब पूर्ण गरेका छौं, हामीले उत्पादन गर्दै आएका रमका अन्य भेराइटी निर्यात गरेजस्तै ह्वाइट रम पनि निर्यात गरी विदेशी मुद्रा आर्जन हुने र यसबाट राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुग्ने विश्वास लिएका छौँ ।’