back
stc
prabhu insurance

साल्ट ट्रेडिङ कर्पोरेशन लि.स्थापनाको ६० ओैं वर्षमा

काठमाडौं । दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लि. स्थापनाको ६० ओैं वर्ष पूरा भएको छ । स्थापनाका बेलामा नुनको देशभर सहज उपलब्ध गर्न सरकार र नीजि क्षेत्रको साझेदारीमा साल्ट ट्रेडिङ कर्पोरेसन स्थापना गरिएको छ।

स्थापनाको ६० ओैं वर्षको अवसरमा कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ ।
दशैंअघिदेखि हेटौंडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ ।

तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउने कर्पोरेशनका विभागिय प्रबन्धक बज्रेशकुमार झाले बताएका छन ।

कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, दाल, मैदा, चिनी र स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पुर्‍याउँदै आएको छ । पछिल्लो पाँच वर्षयता कर्पोरेशनको कारोवार निरन्तर बढिरहेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा कर्पोरेशनले रु. आठ अर्ब ५८ करोडको उपभोग्य वस्तुको बिक्री गरेको थियो । आ.ब. २०७४र७५ मा रु. नौ अर्ब ६८ करोड, आ.व. २०७५.७६ मा रु.आठ अर्ब २५ करोड, आ.व. २०७६.७७ मा रु. नौ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७.७८ मा रु. १० अर्ब ३९ करोडको उपभोग्य  वस्तु बिक्री गरिएको कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिएका छन ।

गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय लिमिटेडको कारोवार निरन्तर बढ्दै गएको देखिन्छ ।

बिक्री बढेसँगै कर्पोरेशनले वित्तीय अवस्थामा सुधार गर्दै लगेको विभागिय प्रबन्धक झाले बताए । कर्पोरेशनले आव २०७७/७८ मा मात्रै रु. पाँच करोड ३३ लाख सञ्चालन नाफा आर्जन गरेको जनाएको छ । गत आ.व.को कारोवार एकीकृत गर्ने क्रममा रहेको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताएका छन ।