back
prabhu insurance
himalayanlife

विज्ञापन बोर्डको दोस्रो वर्षगाँठ

काठमाडौं । नेपाल सरकारको स्वामित्वको बिज्ञापन बोर्डको आयोजनामा बिज्ञापन नियमन गर्ने ऐन २०७६ जारी गरिएको दुई बर्ष पुरा भएको अवसरमा बिज्ञापन तथा अन्तरक्रिया कार्यक्रम होटल एलो प्यागोडामा भएको छ।

कार्यक्रममा बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई , प्रमुख अतिथी सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की विशेष अतिथिहरु सूचना तथा सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्याल , नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल , मिडिया एलाइन्सका अध्यक्ष भास्करराज राजकर्णिकार लगायत,पत्रकारहरूको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।