back
stc
prabhu insurance

भिभोले नेपालमा ल्यायो बहुप्रतिक्षित वाई ०२

काठमाडौं । भिभो ब्रान्डले वाई सिरिजमा नयाँ मोडल वाई०२ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्ने कम्पनीले जनाएको छ ।

देशभरका सबै रिटेल स्टोरहरुमा यो स्मार्टफोन १२,४९९ मुल्यमा उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ ।

वाई०२ मा ६.५१ इन्चको एजडीं डिस्प्ले रहेको छ र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ ।

यसको २.५डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउँनका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ । यो स्मार्टफोन कस्मिक ग्रे र अर्किड ब्लू दुई रंगहरूमा उपलब्ध छ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माईकलले भने, “युवा उपभोक्ताहरूलाई लक्षित गरी वाई सिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरू मध्ये एकको रूपमा स्थापित गरेको छ ।

वाई सिरिज युवा ग्राहकहरुका लागि लक्षित गरिएको छ जो आफ्नो व्यस्त जीवनशैलीलाई निरन्तरता दिन स्मार्टफोनहरूमा निर्भर पर्छन ।

यसको विशाल ५००० एमएएच ब्याट्री, २जीवी ३२जीवी स्टोरेज लगायतका अद्वितीय क्षमताले वाई०२ लाई ग्राहकहरुको आदर्श साथी बनाउँछ भन्ने हाम्रो विश्वास रहेको छ ।”