back
stc
prabhu insurance

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आज साधारण सभा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा  असार ४ गते आज बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा दिउँसो १ बजेबाट सुरु हुनेछ । भर्चुअल माध्यमबाट सभा गरिने कम्पनीले जनाएको छ । सभामा कम्पनीको आइपीओ निष्कासन सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७६/०७७ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा ६० करोड रुपैयाँको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी पनि गरिरहेको छ । आइपीओ बिक्री पछि भने यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । इन्स्योरेन्स