back
stc
prabhu insurance

प्रभु इन्स्योरेन्स लिमिटेडको बोनश शेयर नेप्सेमा सूचिकृत

काठमाडौँ ।  प्रभु इन्स्योरेन्स लिमिटेडको आज नेपाल स्टक एक्सचेञ्जमा बोनश शेयर सूचिकृत भएको छ ।स्टक एक्सचेञ्जका अनुसार कम्पनीको १० प्रतिशत बोनश बापतको १० लाख ५६ हजार २ सय ७४ दशमलव ८४४ कित्ता शेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।